Rule 12
खोजतलास कार्यको क्षेत्र परित्याग
(१) खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले अति महत्वपूर्ण खनिज वा महत्वपूर्ण तथा बहुमूल्य खनिज भित्र पर्ने खनिज पदार्थको हकमा चार वर्ष र सामान्य खनिज भित्र पर्ने खनिज पदार्थको हकमा दुई वर्षको अवधिसम्म आफूले पाएको अनुमतिपत्रमा उल्लिखित क्षेत्र परित्याग गर्न पाउने छैन ।
(२) उपनियम (१) बमोजिमको अवधि समाप्त भए पछि खोजतलास कार्यको अनुमतिपत्र प्राप्त व्यक्तिले आपूmले प्राप्त गरेको अनुमतिपत्रमा उल्लेख भएको क्षेत्रमध्ये केही क्षेत्र परित्याग गर्न चाहेमा सो कुरा उल्लेख गरी क्षेत्र परित्यागको लागि विभाग समक्ष निवेदन
दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन पर्न आएमा विभागले आयातकारमा ०.२५ वर्ग किलोमिटर (करीब एक वर्ग माइलको दशांश) मा नघटाई खोजतलासको क्षेत्रफल परित्याग गर्न स्वीकृति दिन सक्नेछ ।